जेफ बेजोससँग अन्तरिक्षयात्रामा जाने व्यक्तिले बुझाए २८ मिलियन डलर
एजेन्सी। अमेजनका मालिक धनाढ्य जेफ बेजोससँग अन्तरिक्षयात्रा गर्ने व्यक्तिले २८ मिलियन डलर तिरेका छन्। नाम नखुलाइएको ती व्यक्ति कुनै अर्बपति हुनुपर्ने अनुमान गरिएको छ। अन्तरिक्षमा जाने व्यक्ति चयन गर्न चलेको १० मिनेटको बोलकबोलमा १५९ देशका ७६००जनाले भाग लिएका थिए। जुलाई २० मा बेजोसको स्पेस कम्पनी ब्लु ओरिजिनको रकेटमा अन्तरिक्ष जानेमा ती व्यक्तिसमेत बेजोसका भाइ मार्क र अन्य तीनजना रहेका छन्।
प्रतिक्रिया दिनुहोस्