रौतहटमा ३८ वर्षीया महिलामाथि एसिड प्रहार
रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–४ चपुर चोकमा ३८ वर्षीया एक महिलामाथि एसिड प्रहार भएको छ। एसिड प्रहार गरी घाइते बनाएको आरोपमा उनकै श्रीमानलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। घरायसी झै–झगडा हुँदा ती पुरुषले श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते महिलाको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्