दिल्लीमा भोलीदेखि रेष्टुरेन्ट खुल्ने, क्षमताको ५० प्रतिशत ग्राहक राख्न पाइने
एजेन्सी। भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमितको संख्या घटेपछि सोमबारदेखिबाट त्यहाँका रेष्टुरेन्ट पुनः सञ्चालनमा आउने भएका छन्। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले रेष्टुरेन्ट खोल्न दिइने बताएका हुन्। रेष्टुरेन्टहरुले क्षमताको५० प्रतिशत मात्र ग्राहक राख्न पाउनेछन्। सबै पसलहरु बिहान१० बजेदेखि राती ८ बजेसम्म खोल्न दिइने स्थानीय सरकारले निर्णय गरेको छ। शिक्षण संस्थान, धार्मिक सभा, स्वीमिङ पुल, क्लम, सिनेमा हल, जिम, पार्कहरु भने बन्द गरिनेछ।
प्रतिक्रिया दिनुहोस्