चीनले जी–सेभेनलाई दियो चेतावनी– मुठ्ठीभर राष्ट्रले संसारको फैसला गर्ने दिन अब गए बीबीसी। लण्डनमा जी–सेभेनको बैठक चलिरहँदा चीनले चेतावनी दिँदै भनेको छ– “ती दिन गए, जब मुठ्ठीभर राष्ट्रले संसारका राष्ट्रहरुको फैसला गर्थे।” बेलायतस्थित चिनियाँ दूतावासका प्रवक्ताले भने, “हामीले सधैं यसमा विश्वमा गरेका छौं–देश ठूलो होस् या सानो, बलियो होस् या कमजोर, गरिब होस् या धनी सबै बराबर छन्।” जी–सेभेनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्