दश वर्षअघि ४५ लाख जरिवाना र ६ वर्ष कैद सजाय पाएका व्यक्ति पक्राउ
कैलाली। डाँका चोरी मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–२ बस्ने ५० वर्षीय गोबिन्दराज अवस्थीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीले उनलाई २०६८ असार३१ गते ६ वर्ष कैद र ४५ लाख ३८ हजार ५५० रुपैयाँ जरिवाना सुनाएको थियो। त्यसपछि उनी फरार रहेका थिए। २०६५ मंसिर५ गते यार्सागुम्बालगायत नगद तथा जिन्सी सामानको चोरीमा उनी संलग्न रहेको अदालतले ठहर गरेको थियो।
प्रतिक्रिया दिनुहोस्