काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गरेको छ।
९ माघमा हुने निर्वाचनका लागि आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आजै चुनाव चिन्ह प्रदान गरेको हो।
उम्मेद्वारहरूलाई सम्बन्धित पार्टीको चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले देखापढीलाई जानकारी दिए।
निर्वाचनमा नेकपाका १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चाका दुई जना गरी जम्मा ४५ जना उम्मेद्वार छन्।
राष्ट्रिय सभामा २० फागुनदेखि रिक्त हुने १८ पदका लागि निर्वाचन हुँदैछ।
प्रदेश–२ नेकपा–राजपा र कांग्रेस–समाजवादीले तालमेल गरेका छन्। प्रदेश–२ मा चार पदका लागि निर्वाचन हुँदैछ ।
सातवटा प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्फ दुई, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ दुई र अन्य समूहतर्फ सात पदका लागि निर्वाचन हुनेछ।
जसमा महिला समूहतर्फ १६, दलित समूहतर्फ पाँच, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ पाँच र अन्य समूहतर्फ १९ जना उम्मेद्वार कायम भएका आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए।
आयोगले २४ पुसमा उम्मेद्वारी फिर्ता लिने समय निर्धारण गरेपनि कसैले उम्मेद्वारी फिर्ता लिएका थिएनन्।
प्रदेश–१ को लागि मोरङको विराटनगर, प्रदेश–२ को लागि धनुषाको जनकपुर, प्रदेश–३ को लागि ललितपुरको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को दाङको घोराही, कर्णाली प्रदेशको सुर्खेतको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
९ माघमा बिहान १० देखि दिउँसो चार बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ। मतदानमा सातै प्रदेशका (जम्मा ५५०) प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख सहभागी हुनेछन्। स्थानीय तहका प्रमुख/उप्रमुखको संख्या एक हजार ५०६ रहेको छ।
" /> काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गरेको छ।९ माघमा हुने निर्वाचनका लागि आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आजै चुनाव चिन्ह प्रदान गरेको हो।

">