पर्सामा लठ्ठीले हानी भाइद्वारा दाइको हत्या
पर्सा। पर्साको कालिकामाई गाउँपालिका–४ बलुवामा एक जना भाइले आज आफ्नै दाइको लठ्ठीले हानेर हत्या गरेका छन्। शौचालयको विषयलाई लिएर झै–झगडा हुँदा ४० वर्षीय बिजय महतो कोईरीले दाई ५५ वर्षीय बृजेश महतो कोईरीको हत्या गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। ईलाका प्रहरी कार्यालय पोखरीया र अस्थाई प्रहरी पोष्ट सुर्जहाकट्टीबाट खटिएको प्रहरीले फरार बिजयको खोजी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्