‘भारत सबैभन्दा ठूलो लोकतन्त्र हो, तर अभिव्यक्ति स्वतन्त्रतामा लगाम खराब’ एजेन्सी। भारत संसारमै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भएर पनि त्यहाँ पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजिनु चिन्ताजनक विषय भएको अमेरिकी अधिकारीले बताएका छन्। दक्षिण तथा मध्य एसियाका लागि कार्यवाहक विदेशमन्त्री डिन थोम्प्सनले हिन्द–प्रशान्त क्षेत्रमा लोकतन्त्रका विषयमा सदनमा सुनुवाइका क्रममा यस्तो बताएका हुन्। उनले भने, ‘‘ठूलो लोकतन्त्र हो भारत, तर अभिव्यक्ति स्वतन्त्रताको सवालमा कतिपय सरकारी कदम चिन्ताजनक छन्।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्