‘चीन विश्वमा रणनीतिक स्थिरता चाहन्छ’ एजेन्सी। चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार जेनेभामा आयोजित निरस्त्रीकरण सम्मेलनलाई भिडियो सम्बोधन गर्दै आफ्नो देश विश्वमा रणनीतिक स्थिरताको पक्षमा रहेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय हतियार नियन्त्रण सन्धिहरुको पालना गर्ने, संवादका माध्यमबाट अप्रसारसम्बन्धी मुद्दाको समाधान गर्ने र नयाँ मोर्चामा विश्व सुरक्षा शासनमा सुधारको प्रस्तावसमेत राखे। वाङले भने, ‘‘चीन सबैखाले क्षेत्रीय तथा वैश्विक मिसाइल रक्षा प्रणालीको विकास र तैनाथीको विरोध गर्छ।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्