१८ वर्ष लामो अफगानयुद्ध, क्षतिको हिसाब गर्नै गाह्रो काठमाडौं। अफगानिस्तानमा चलेको १८ वर्ष लामो संघर्षपछि जनधनको क्षतिबारे प्रश्न उठ्न थालेको छ। यो प्रश्न अमेरिकाले त्यहाँबाट आफ्ना सेना फिर्ता बोलाउने निश्चित गरेपछि उठ्न सुरु भएको हो। उक्त युद्धमा अमेरिकाको मात्रै २,२६० अर्ब डलर खर्च भयो। २,४४२ अमेरिकी सैनिक, सहयोगी देशका १,१४४ सुरक्षाकर्मी, ४७ हजारभन्दा बढी आमनागरिक, सशस्त्र बल र प्रहरीका ६९ हजार र ५१ हजार विद्रोही लडाकू मारिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्