गाईको पनि किरिया! झापा। यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरहेका छन्। उनी गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बन्नेका हुन्। उनले पालेको जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो।पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन्। दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने हिन्दू चलन छ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्