पछिल्लो ११ महिनामा एक हजार अभियुक्त पक्राउ सप्तरी। पछिल्लो ११ महिनामा सप्तरीमा एक हजार ७ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाकाअनुसार अदालतको फैसला कार्यान्वयनअन्तर्गत फौजदारी मुद्दाका १६४ जना र देवानी मुद्दाका ८४३ जना पक्राउ परेका हुन्। पक्राउ परेकाबाट एक करोड ५ लाख १८ हजार ६२३ रुपैयाँ जरिवना असुल गरिएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्