विदेश पठाइदिने भन्दै ठगी गर्ने यादव पक्राउ सप्तरी। विदेश पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने सप्तरी विष्णुपुर गाउँपालिका–१ मलेकपुरका ४६ वर्षीय ईनरदेव यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। सप्तरी जिल्ला अदालतले आरोपितविरुद्ध२०७५ असार २५ गते १ वर्ष कैद र एकलाख २५ हजार जरिवानाको फैसला गरेको थियो। फैसलापश्चात फरार रहेका यादवलाई गाउँमा आएको मौका पारी प्रहरीले पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्