काठमाडौं। व्यस्त हुनुहुन्छ?
तपाईंको डेरामा पानीको अभाव छ?
चिसो मौसम छ, पानी छुने जाँगर चल्दैन?
कपडा कसरी धुनुहुन्छ त?

यही चिन्तामा हुनुहुन्छ भने अब तपाईंको चिन्ता समस्या रहेन। दुई वर्षदेखि ‘नेपाली धोबी’ तपाईंको समस्या समाधान गर्न तल्लिन छ।

त्यसो त नेपाली समाजमा ‘धोबी’ एउटा जाति हो। जिविकोपार्जनका लागि दैनिक ज्यालादारीमा अरुको घरमा गएर लुगा धुने यो जातिको काम।

यहाँ चर्चा गरिएकोे ‘नेपाली धोबी’ भने त्यही जातिय पेशाको निरन्तरता होइन। यो त विदेशमा पढेर आएका नवजवानहरूले शुरू गरेको सेवामुलक व्यवसाय हो। काम भने उही, लुगा धुने।

तपाईंले फोन गरेपछि ‘नेपाली धोबी’ तपाईंको घरमा आइपुग्छ। तपाईंको फोहोर कपडा लगेर धोइवरी ल्याइदिन्छ। जसका लागि प्रतिकिलो १२० रूपैयाँ मात्रै तिरे पुग्छ।
नेपाली धोबीका प्रवर्द्धकहरू हुन्– विकास सुवेदी, ऋचा धमला र निकुञ्ज भण्डारी। उनीहरू आफूलाई कम्पनीको को-फाउण्डर भन्छन्।

यी तीनमध्ये विकास सुवेदी चितवनमा जन्मिए। काठमाडौंमा उच्च शिक्षा पढे। थप अध्ययनका लागि बेलायत पुगे। त्यतै तीन वर्ष बिताए। सूचना प्रविधिको क्षेत्रमा भविष्य देखेका सुवेदीले स्वदेश र विदेशमा पनि त्यही विषय पढे। एवर्टन विश्वविद्यालयमा अध्ययन सकेपछि बेलायतमै काम पनि पाए आइटी कम्पनीमा। तर, उनको मन विदेशमा रम्नै सकेन।

चितवनमा बुवाको आफ्नै व्यवसाय थियो, फोटो स्टुडियो। बेलायतमा पढेको छोरोले प्रतिष्ठित संस्थामा काम गरेर प्रशस्त पैसा कमाउला भन्ने आशा थियो। तर, सोचेजस्तो खोजेजस्तो कहाँ हुन्थ्यो र! विकास एकाएक नेपाल फर्किए।

विदेशमा रम्न नसकेको उनलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास थियो। र, थियो विदेशमा देखेको प्रविधि स्वदेशमा अपनाउन सकिन्छ भन्ने आँट पनि।

सन् २०११ नेपाल आउँदा त्यो सपना अंकुराइसकेको थिएन। विकासले भविष्यको स्पष्ट गन्तव्य पहिल्याउन सकेका पनि थिएनन्।

नेपालका बैंकिङ क्षेत्र र सरकारी कार्यालयहरू भर्खर क्लाउड कम्प्युटिङतिर लम्कने सुरसारमा थिए। त्यही  विषय पढेका विकासका लागि नेपालमा सुवर्ण अवसर थियो। तर, हाकिमको मातहत जागिरे हुने स्वभाव थिएन।

शुरूमा अरु विकल्प नहुँदा एउटा निजी कम्पनीको जागिरे पनि भए उनी। १२ जनाको टीम थियो उनको नेतृत्वमा। तर, दुई वर्षभन्दा बढी टिक्न सकेनन्। “हरेक दिन ढाँट्नु निकै गाह्रो काम हो। मैले त्यहाँ धेरै दिन ढाँट्न सकिनँ। जागिर छाडेर हिडें”, उनी भन्छन्, “अब यसरी हुँदैन आफैंले केही इन्नोभेटिभ काम गर्न पर्छ भन्ने लाग्यो। सम्भावनाहरू खोज्न थालेँ।”

ऋचा धमला र निकुञ्ज भण्डारी

विशाल जस्तै विदेशमा पढेर भर्खर काठमाडौं फर्केकी थिइन् ऋचा धमला। काठमाडौंकी रैथाने उनी अस्ट्रेलियामा नर्सिङ पढ्न गएकी थिइन्। अहिले हरेकजसो युवाको सपनाको देश हो अस्ट्रेलिया। त्यहाँको पढाई र बसाई अरु युवाको जस्तै ऋचाको लागि पनि सुवर्ण अवसर थियो। तर, अस्ट्रेलियामा पढ्दै गर्दा उनलाई लागिरह्यो– मेरो भविष्य यहाँ हुँदै होइन। पढाई सकिनासाथ काठमाडौं फर्किइन् उनी पनि।

झापाका निकुञ्ज भण्डारी काठमाडौंमा व्यवस्थापन अध्ययन गर्दै थिए। आफ्नै पहलमा केही काम गर्ने उपायको खोजीमा थिए उनी।

करीब तीन वर्षअघि यी तीनैलाई चिन्ने अर्का एकजना साथीले एउटा पार्टीमा निमन्त्रणा गरे। उनैले परिचय गराइदिए तीनै जनालाई।

तीनै जना आफ्नै र ‘इन्नोभेटिभ’ उपायको खोजीमा थिए। दुई जनाले विदेश पढेका र त्यहाँको रहनसहन देखेका थिए। तीनै जनाको भेट निरन्तर हुन थाल्यो। मित्रता गहिरिन समय लागेन। कफी गफमा नयाँ सोंच साट्न थाले उनीहरू।

काठमाडौंमा गहिरिंदै गएको पानीको अभाव, व्यस्त जीवनशैली आदिले लुगा धुनै समस्या हुन थालेको उनीहरूले देखिरहेका थिए। काठमाडौंमा भएका ड्राइक्लिनर्सहरू पनि त्यति प्रोफेसनल थिएनन्। त्यसमाथि लुगा पुर्‍याउन र लिन जाने झन्झट उस्तै झर्को लाग्दो थियो युवा पुस्ताका लागि।

विकास र ऋचा विदेशमा रहँदा सुविधा सम्झिए त्यसबेला। त्यहाँ त ढोकामै लुगा लिन र पुर्‍याउन आउँथे। उत्तिकै सस्तो पनि थियो, एक पाउण्डमा एक किलो लुगा धुन पाइने। त्यही सुविधा काठमाडौं पनि दिन सकिन्छ भन्ने निष्कर्षमा पुगे उनीहरू।

“एउटा क्षेत्र त पहिचान गरियो तर, त्यसको वास्तविक अवस्था के छ भन्ने हामी कसैलाई थाहा थिएन”, विकास भन्छन, “त्यसका लागि अध्ययनमा जुट्यौं। तीन जना हरेक दिन फरक–फरक ठाउँमा जान्थ्यौं। कुन–कुन क्षेत्रमा पानी र ढलको सुविधा के छ भन्ने बुझ्थ्यौ। धेरै विद्यार्थीहरू बसोबास गर्ने ठाउँ खोज्थ्यौ। कतिपय ड्राइक्लिनर्सहरूमा पनि जान्थ्यौं। तर, उनीहरू रूचिपूर्वक कुरा गर्न चाहदैनथे।”

वस्तुस्थिति अध्ययनमा ६ महीना बित्यो।

“त्यसबेला हामीले भेटेका ७०-८० प्रतिशत मानिसले आधुनिक शैलीको लण्ड्री व्यवसाय उपलब्धीमुलक हुने सुझाव दिएका थिए”, विकास भन्छन्।

“लुगा धुने व्यवसाय गर्ने भन्दा शुरूमा सबैले जिस्क्याए”, शुरूआती दिन सम्झँदै विकास भन्छन, “लुगा धुनको लागि विदेशमा पढ्न गएका हौ भन्थे। धेरैले कमेडीको विषय बनाए। निरुत्साहित पनि गरे। कतिपयले चाहिँ दिमाग त ठीक ठाउँमा छ? भन्ने प्रश्न पनि गर्थे।”

तर, उनीहरूले निकै मिहिनेत गरेर आफ्नो परिवार र नजिकका साथीहरूलाई यो व्यवसायको आवश्यकता र भविष्यबारे मिहिन ढंगले बुझाए।

परिवार र साथीहरूलाई चित्त बुझाएर मात्र कहाँ पुग्थ्यो र? उनीहरूका लागि शुद्ध पानी पाइने ठाउँ चाहियो। कपडा धुनका लागि मिनरल वा केमिकलयुक्त पानी हुन हुँदैनथ्यो। सबैतिर हेर्दा काठमाडौंको आरुबारी उपयुक्त लाग्यो। त्यहाँ एउटा घर भाडामा लिए।

उनी भन्छन्, “हामी सिक्ने अवस्थामा थियौं। केमिकलको बारेमा पनि थाहा थिएन। त्यसैले नेपाली बजारबाटै सेकेण्डह्याण्ड मेसिन किन्याै‌ं। शुरूमा नै करीब १७ लाख रूपैयाँ लगानी भयो। अहिले यो लगानी बढेर ५० लाख पुगिसकेको छ।”

शुरू–शुरूमा उनीहरूलाई मेसिनमा केमिकल र कपडा हालेपछि सफा भइहाल्छ नि भन्ने लागेको थियो।

विशाल भन्छन्, “एउटा कपडाको रङ अर्को कपडामा सर्न सक्छ भनेर कपडा संलकन गर्दा नै सोध्ने गरेका थियौं।”

तर, जति सजिलो ठानेका थिए त्यस्तो भएन। एउटा कपडाको रङ अर्कोमा सरिहाल्थ्यो। विकास सुनाउँछन्, “धेरै दिनसम्म ‘मेन्टल टर्चर’ नै भयो।”

संयोगवस, युनाइटेड अरब इमिरेट्स् (दुवई)को फाइभ स्टार होटलमा २५ वर्ष लण्ड्री म्यानेजर भएर फर्केका एक नेपालीसँग काठमाडौंमा उनीहरूको भेट भयो। उनैसँग १५ दिनको तालिम लिने अवसर मिल्यो। त्यसपछि भने आफन्त र साथीभाइहरूको कपडा जम्मा पारेर अभ्यास गरे उनीहरूले। अभ्यासले आत्मविश्वास बढायो।

“त्यसपछि बल्ल प्रतिस्पर्धी भएर बजारमा जान सक्छौ भन्ने आँट आयो”, विकासले विगत सुनाए।

शुरूवाती दिनमा ग्राहकले गरेको सहयोगलाई उनीहरूले अहिले पनि उत्तिकै सम्झिरहेका छन्। सम्झना मात्रै होइन, कन्ठस्थै छन् ती नामहरू। कपडा लिन जाँदा चिया खाजा खुवाएर पठाउँथे नयाँ ग्राहकले।

विकास भन्छन्, “उनीहरूले दिएको सम्मानले काममा हौसला मिल्थ्यो। लाजिम्पाट, बालुवाटरका ८० प्रतिशत ग्राहक अहिले पनि निरन्तर छन्।”

सरकारी तनावले हतोत्साहित
निकै उत्साहका साथ काम शुरू गरेका नेपाली धोबीको टीम सरकारी कार्यालयमा भोग्नुपर्ने झन्झटिलो प्रक्रियाका कारण हतोत्साहित भएका रहेछन्। सरकारले युवालाई प्रोत्साहन गर्ने नारा बनाएको भए पनि व्यवहार भने त्यस्तो नरहेको उनीहरूको अनुभव छ।

विशाल भन्छन्, “कुनै नयाँ कम्पनी खोल्नका लागि तपाईं आफैले पहल गरेर सम्भव नै हुँदो रहेनछ। निकै झन्झटिलो प्रक्रियाले शुरूमा जोसुकैलाई पनि अत्याउँछ। कसैले पाँच लाख लगानी गरेर कम्पनी खोल्न खोज्यो भने करीब २५ प्रतिशत लगानी कर कार्यालयमै बुझाउनुपर्छ।”

तर, शुरूको चुनौती पार गर्न सकियो भने त्यसपछि निकै सजिलो हुने उनले सुनाए।

“शुरूको झन्झट झेल्ने आँट र मनोबल दह्रो बनाउन सके त्यसपछि जस्तोसुकै चुनौती सामना गर्न सकिन्छ”, उनले अनुभव साटे।

कसरी लिने सेवा ?
नेपाली धोबीले अहिले मुख्यगरी चक्रपथभित्र र त्यस बाहिरको ६ देखि ७ किलोमिटरसम्म मात्रै सेवा दिइरहेको छ। चक्रपथ बाहिर जान लागेको पनि भर्खरै मात्र हो।
नेपाली धोबी डटकम लगइन गरेपछि त्यहाँ एउटा फर्म भर्नुपर्छ। त्यसबाहेक, फेसबुकमा नेपाली धोबीको पेजमार्फत् पनि सम्पर्क गर्न सकिन्छ।

नेपाली धोबीले प्रतिकिलो १२० रूपैयाँमा कपडा धोइदिन्छ। तर, कोट, ब्ल्याङ्केट, डाउन ज्याकेट, लेहेङ्गा, साडी जस्ता कपडा धुँदा भने फरक मूल्य तिर्नुपर्छ।

शुरूआती चुनौती
हरेक पाइलामा चुनौती झेलेर नेपाली धोबीले स्टार्टअपको फेज पार गरेको छ।

विगत सम्झदै विकास भन्छन्, “क्षेत्री बाहुन भएर धोबी भन्दै हिंड्ने? भनेर डोमिनेशन गरिन्थ्यो। यही विषयमा विभिन्न ठाउँमा उजुरी पर्‍यो। सकेसम्म असहयोग गर्नेहरू पनि भेटिए। हामीले आफ्नो स्वविवेकमा काम शुरू गरेका थियौं। सबै प्रक्रिया पूरा गरेका थियौं।”

उनका अनुसार समझदार ग्राहक नभएको भए नेपाली धोबी सफल हुने नै थिएन। “हाम्रा सफलताको श्रेय हाम्रा ग्राहक नै हुन। तर, सबै ग्राहक उस्तै नहुने रहेछन्। कतिपयले पुराना कपडा लुकाएर दिन्थे र ब्ल्याकमेलिङ पनि गर्थे”, उनी भन्छन्।

“कपडामा एउटा ब्राण्डको नाम दिइएको हुन्छ। ब्राण्ड नेमसँग कपडा धुने तरिका पनि उल्लेख गरिएको हुन्छ। तर, कतिपय कपडा नेपालमै बनाएर पनि विदेशी ब्राण्डको नाम राखिएको हुन्छ। त्यसमा उल्लेख भएको इन्स्ट्रक्सन गलत हुन्छ। कपडा र इन्स्ट्रक्सन नमिल्दा कपडा बिग्रिन्छ। यसबाट जोगिन ग्राहकलाई पहिल्यै सोधेर कन्फर्म गर्थ्याै‌ं”, उनले शुरूआती अभ्यास सुनाए।

उनी भन्छन, “हाम्रा ९० प्रतिशत ग्राहक असल छन्। पाँच प्रतिशतबाट मात्रै समस्या आउने हो। तर, ती पाँच प्रतिशत हाम्रा लागि प्रेरणा पनि हुन्। उनीहरूकै कारण अझ सजग भएर काम गर्नुपर्छ भन्ने सिकाइ भइरहेको हुन्छ।”

अहिले तीन जना फाउण्डर मेम्बरसहित नेपाली धोबीमा ११ जनाको टीम छ। सबैजना एकाग्र रूपमा कम्पनी विकास र विस्तारमा प्रतिबद्ध छन्। अहिले घरायसी बाहेक होटल, रेस्टुराँ, होस्टल ब्याङक्वेटसम्मका गरेर नेपाली धोबीले दैनिक ७० देखि ८० किलोसम्म कपडा धुने गरेको छ।

अहिले उनीहरू आफ्नो सेवालाई प्लास्टिक मुक्त बनाउने अभियानमा छन्। त्यसैका लागि कपडा प्याकिङ गर्ने झोला पनि कागजकै बनाएका छन्।

केही समयमै उपत्यका भित्र तीनदेखि चार वटा आउटलेट खोल्ने योजना पनि छ। त्यतिमात्रै होइन, काठमाडौं बाहिरको शहरमा पनि नेपाली धोबीको शाखा विस्तारको बारेमा आन्तरिक छलफलमा छन् उनीहरू।

नयाँलाई सुझाव
नेपाली धोबी टीम ‘इन्नोभेटिभ स्टार्टअप’ गर्न चाहनेको लागि प्रेरणा हो। उनीहरूको एकै मत छ–विदेशमा भन्दा नेपालमा राम्रो अवसर छ।

त्यसैलाई पुष्टि गर्न विकास भन्छन, “नेपालमा सबैथोक सम्भव छ। जुनसुकै पुरानो व्यवसाय भए पनि नयाँ स्वरूप दिने वित्तिकै चलिहाल्छ। अहिल्यै शुरू गर्ने मान्छे पहिलो हुन्छ र सफल पनि।”

प्लस टू सकेपछि विदेश जाने भन्ने साेंचले भविष्यमा निकै ठूलो समस्या ल्याउने देखेका छन् विकासले।

“एक्लैले केही पनि हुँदैन। टीममा काम गर्नुपर्छ। पर्याप्त अनुसन्धान चाहिन्छ। सबैथोक नेपालमै सम्भव छ”, उनी भन्छन, “अस्ट्रेलिया जान २० लाख चाहिन्छ। तर, नेपालमा ७/८ लाखमा राम्रो व्यवसाय गर्न सकिन्छ। व्यवसाय शुरू गरेको पाँच वर्षपछि अस्ट्रेलिया र अमेरिका यहीँ हुन्छ।”

" /> काठमाडौं। व्यस्त हुनुहुन्छ?

"> जो ढोकामै लुगा लिन आउँछन्, धोइवरी पुर्‍याइदिन्छन् (भिडिओसहित): Dekhapadhi
जो ढोकामै लुगा लिन आउँछन्, धोइवरी पुर्‍याइदिन्छन् (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्