उपत्यकामा आजदेखि खुकुलो व्यवस्थासहितको निषेधाज्ञा
काठमाडौं।काठमाडौं उपत्यकामा आजदेखि लागू हुने गरी निषेधाज्ञा केही खुकुलो भएको छ।उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुको पछिल्लो बैठकले असार ७ गतेसम्म खुकुलोसहितको निषेधाज्ञा थप्ने निर्णय गरेको थियो। आजदेखि तरकारी पसल,फलफुल,खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ। विकास निर्माणका सामग्रीहरुको आवश्यक पर्ने हार्डवेयर पसल अपरान्ह ४ बजेदेखि खुल्नेछन्।होटललाई अनलाइन डेलिभरीका लागि बिहान ७ बजेदेखि काम गर्न दिइने गरी खुला गरिएको छ।
प्रतिक्रिया दिनुहोस्