आपतकालीन नदी नियन्त्रण गर्न आयोजना असमर्थ सप्तरी।मनसुन सुरु हुन लागेका बेला खाँडो नदी व्यवस्थापन आयोजना राजविराजले आपतकालीन नदी नियन्त्रण कार्य गर्न असमर्थ रहेको जनाएको छ।आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रममा आपतकालीन नदी नियन्त्रणतर्फ बजेट नछुट्याएकाले आयोजनाले नियन्त्रणका कार्य गर्न नसक्ने भन्दै सबै स्थानीय तहलाई पत्राचार गरेको हो।आयोजनाका कार्यालय प्रमुख रेवाकान्त यादवले बजेट व्यवस्थापनमा सहयोग गरिदिन र बजेट व्यवस्थापन नहुञ्जेल आपतकालीन नियन्त्रणकार्य गर्न/गराउनसमेत आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्