हमासको चेतावनीका वाबजुद जेरुसेलममा आज यहूदीले जुलुस निकाल्ने
बीबीसी।हमासको चेतावनीका वाबजुद आज जेरुसेलममा यहूदीहरुले जुलुस निकाल्ने भएका छन्। जेरुसेलमलाई इजरायल र प्यालेस्टाइन दुवैले दाबी गर्दै आएका छन्। यहूदीले जुलुस निकाल्ने भएपछि आज पूर्वी जेरुसेलमा २ हजार अतिरिक्त प्रहरी बल तैनाथ गरिएको छ । इजरायलको नयाँ सरकारले मार्चको लागि अनुमति दिएको हो। इजरायलले जुलुस निकाल्नुलाई लोकतान्त्रिक अधिकार बताइरहदा प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद शतायैहले मार्चको ‘खतरनाक नतिजा’ आउने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्