काठमाडौं। प्रतिनिधि सभा सभामुखविहीन भएको चार महीना बितिसक्दा पनि सत्तारुढ नेकपा नेताहरूले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झन् सकसपूर्ण बनेको छ। शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच करीब तीन घण्टा भएको छलफल पनि टुंगोमा पुग्न सकेन।
''आइतबार डाकिएको संसद बैठक भरसक स्थगित गर्न नपरोस् भनेर उहाँहरू छलफलमा जुट्नुभएको थियो'', अध्यक्ष निकट स्रोतले भन्यो, ''तर सहमति भएन तत्काल सहमति हुने गरी छलफल अघि बढेको पनि देखिएन।''
छलफलमा अध्यक्ष दाहालले एकीकरणपूर्वको सहमतिअनुसार पूर्वमाओवादीलाई सभामुख दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। ''सचिवालयका नौ सदस्यमध्ये चार जना त हामीलाई सभामुख दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ। गृहमन्त्री रामबहादुर थापाको पनि सभामुख यतै हुनुपर्छ भन्ने लाइन हो'', दाहालको भनाई उद्धृत गर्दै उनीनिकट नेताले भने, ''विषय टुंग्याइहालौं तपाईंले अडान छाड्नु पर्यो।''
प्रधानमन्त्री ओलीले भने सरकार एक जनाले र दल एक जनाले चलाउने गरी सहमति भएपछि सभामुख पनि सरकार सञ्चालनमा सहज हुने गरी चुन्नुपर्ने र त्यसका लागि आफैले रोजेको व्यक्ति चाहिने बताएका थिए। ''तपाईंले छुट्टाछुट्टै भेला गरेर हाम्रा यति टाउका छन् भनेर बार्गेनिङ गर्नुहुन्छ, पछि संसदबाट सहयोग हुन्छ भन्ने के ग्यारेन्टी छ ?'', प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ''मलाई सरकार सञ्चालनमा सजिलो पारिदिनुस्।''
ओलीले दाहालसँग छुट्टै गठबन्धन भेला गरेर राम्रो नगरेको बताएका थिए। ओली र दाहाल आ-आफ्ना कुरामा अडिग रहेपछि सभामुख चयनको विषय पेचिलो बन्दै गएको छ। सभामुख कुन पक्षबाट बताउने भन्नेबारे शीर्ष नेताबीच तानातान हुँदा त्यसको चेपुवामा उपसभामुख शिवमाया तुम्बाहाङफे परेकी छन्।
प्रधानमन्त्री ओली नयाँ सभामुखबारे सहमति नहुँदासम्म तुम्बाहाङफेलाई उपसभामुखबाट हटाउन चाहँदैनन्। प्रधानमन्त्री ओलीले आफूले अगाडि सारेका नेकपा स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङबारे सहमति भएन भने पूर्वमाओवादीको साटाो तुम्बाहाङफेलाई सभामुख बनाउन चाहेको समाचार आजको कान्तिपुर दैनिकमा छ।
" /> काठमाडौं। प्रतिनिधि सभा सभामुखविहीन भएको चार महीना बितिसक्दा पनि सत्तारुढ नेकपा नेताहरूले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झन् सकसपूर्ण बनेको छ। शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच करीब तीन घण्टा भएको छलफल पनि टुंगोमा पुग्न सकेन।''आइतबार डाकिएको संसद बैठक भरसक स्थगित गर्न नपरोस् भनेर उहाँहरू छलफलमा जुट्नुभएको थियो'', अध्यक्ष निकट स्रोतले भन्यो, ''तर सहमति भएन तत्काल सहमति हुने गरी छलफल अघि बढेको पनि देखिएन।''

">