निजगढमा टेम्पोभित्र भेटियो ६० केजी गाँजा
काठमाडौं। बाराको निजगढ नगरपालिका–१२ बुम्जोरबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ। प्रदेश नम्बर २–०३–००१ ह ३२१ नम्बरको टेम्पोलाई अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पोमा उक्त परिमाणको लागूऔषध भेटिएको हो। हाल फरार टेम्पो चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्