बसुन्धारास्थित सिलाई उद्योगमा आगलागी हुँदा डेढ करोडको क्षति काठमाडौं। काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित चन्द्र कटुवालको जानकी सिलाई उद्योगमा आगलागी हुँदा १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। विद्युतसर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा परी उद्योग रहेको टहरो, ३० थान कपडा सिलाउने मेशिन, १ थान जेनेरेटर, ३ थान ग्याँस सिलिन्डर र स्टक कपडा जलेर नष्ट भएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्