भारतले सेनामा पहिलोपटक नेपाली महिलाको लागि भर्ती खोल्यो काठमाडौं। भारतले नेपाली महिलालाई आफ्नो सेनामा भर्ना गर्ने भएको छ। सैनिक प्रहरीमा नेपाली महिलाको भर्ती खुलाउँदै भारतले दरखास्त आव्हान गरेको हो। नेपालमा बेलायती र भारतीय सेनामा नेपाली युवाहरुलाई भर्ती गर्न दिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला भारतले नेपाली महिलालाई सेनामा भर्ती खुला गरेको हो। इच्छुक महिलालाई अनलाइन आवेदन दिन काठमाडौंस्थित भारतीय दूतावासले आव्हान गरेको भारतीय समाचार संस्था आइएएनएसले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्