भारी वर्षाका कारण बन्दीपुर, लुम्ले, घोरेपानी खतराको साइरन पोखरा। तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भइरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ। लगातारको भारी वर्षाले पहाडी भेगमा जोखिम निम्त्याएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ। कार्यालय प्रमुख राजारामप्रसाद ढकालकाअनुसार गण्डकी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्