युएईले असार २३ गतेसम्म नेपाली कामदारलाई प्रवेश नदिने
काठमाडौं।खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई)ले असार २३ गतेसम्म नेपाली यात्रुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने भएको छ।योसँगै वैदेशिक रोजगारीको सिलसिलामा युएई जान श्रम स्वीकृति लिएर बसेकाहरु सो मितिसम्म युएई जान नपाउने भएका छन्।नेपालमा कोरोना भाइरस बढेका कारण युएईले नेपाली यात्रुमाथिको प्रतिबन्ध असार २३ गतेसम्म थपेको हो।नेपालीसँगै युएईले बंगलादेशी, श्रीलंकाली र पाकिस्तानीलाई पनि प्रवेशमा रोक लगाएको छ।
प्रतिक्रिया दिनुहोस्