नेतन्याहूलाई १२ वर्षपछि सक्ताबाट हटाएर इजरायलको प्रधानमन्त्री बन्ने नेफ्ताली बेनेट को हुन्?
एजेन्सी।बाह्र वर्षसम्म प्रधानमन्त्री रहेका बेन्जामिन नेतन्याहूलाई हटाएर नेफ्ताली बेनेट इजरायलको प्रधानमन्त्री बनेका छन्।उनी दक्षिणपन्थी एवं घोर राष्ट्रवादी यामिना पार्टीका प्रमुख हुन्। उनको सरकारमा अलग–अलग विचारधार बोकेका आठ दल सहभागी छन्।बेनेट राजनीतिमा आउनुअघि उद्यमी थिए। उनी एक पूर्वस्पेशल फोर्स कमाण्डो पनि हुन्।उनका माता–पिता अमेरिकामा जन्मेका थिए। उनको जन्म भने इजरायलमा नै भएको हो। कुनै समय उनी नेतन्याहूका निकट मानिन्थे।
प्रतिक्रिया दिनुहोस्