अवैध रुपमा भित्रिएका ८ वटा मोटरसाइकल भन्सारलाई बुझाइयो
पर्सा। अनाधिकृतरूपमा भारतबाट पर्सा जिल्लाका विभिन्न स्थानमा भित्रिएका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिई प्रहरीले भन्सार कार्यालयलाई बुझाएको छ। भन्सार कार्यालयलाई बुझाइएका सबै मोटरसाइकल भारतीय नम्बर प्लेटका हुन्। निषेधाज्ञा बेला ती मोटरसाइकल पर्साको विभिन्न ठाउँमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। आवश्यक कार्वाहीको लागि मोटरसाइकल वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्