अनुदानमा फलफूल र घाँसका बिरूवा वितरण बागलुङ।गलकोट नगरपालिकाले किसानलाई अनुदानमा घाँस र फलफूलका बिरुवा वितरण गरेको छ।विभिन्न प्रजातिका फलफूल, डाले र भुइँ घाँसका गरी झण्डै ४९ हजार बिरुवा बाँडिएको कृषि तथा पशु शाखाका प्रमुख हरिदत्त सुवेदीले बताए।करिब २०० कृषि तथा पशुपालन फार्मलाई बिरुवा वितरण गरिएको हो।फलफूल र घाँसका बिरुवामा ४० प्रतिशत अनुदान दिइएको सुवेदीले बताए। एघार हजार सुन्तला, सात हजार कागती बिरुवा वितरण गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्