कास्कीमा खहरे खोलाले बगाउँदा एक महिलाको मृत्यु पोखरा।अविरल वर्षापछि बढेको खहरे खोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ। गएराति साढे ८ बजे खहरे खोलाले बगाएकी ४० वर्षीया लिलादेवी परियारको शव २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए।केही दिनदेखिको लगातारको अविरल वर्षाले जिल्लाका विभिन्न नदीमा पानीको सतह बढेको छ। जिल्लाका सेती,मार्दी,मादी,सार्दी,विजयपुर,हर्पनलगायतका नदीमा पानीको बहाव उच्च हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्