पहिराले घर पुरिँदा किशोरको मृत्यु
पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ। स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घर पहिरोले पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकामा उपचारका क्रममा मृत्यु भएको हो। लगातारको वर्षाका कारण ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन्।
प्रतिक्रिया दिनुहोस्