कांग्रेसले भन्यो– ‘सिजी कम्युनिकेशनलाई नियतवश सरकारले अनुमति दिएन' <p>काठमाडौं। नेपाली कांग्रेसले चौधरी समूहको सिजी कम्युनिकेशन प्रालिलाई सरकारले नियतवश अनुमति नदिएको आरोप लगाएको छ। कांग्रेसले विज्ञप्ति जारी गर्दै सम्पूर्ण प्रक्रिया पूरा गरे पनि सिजीलाई अनुमति नदिएर सरकारले पूर्वाग्रही व्यवहार गरेको जनाएको हो। साथै कांग्रेसले सरकारको यस्तो व्यवहारप्रति खेद पनि प्रकट गरेको छ।</p> <p>विज्ञप्तिमा भनिएको छ&ndash; &lsquo;लगानी सम्मेलनमा सरकारकै उपस्थितिमा विदेशी साझेदारसँग सिजी कम्युनिकेशनले सम्झौता गरेको, प्रक्रिया पूरा गरेको र कुनै वक्यौता रकम नरहेको स्थितिमा प्राधिकरणमार्फत् प्रक्रिया टुंग्याएर अनुमति दिनुपर्ने विषय स्वयम् सरकारकै प्राथमिकतामा नपर्नु कुनै निश्चित पूर्वाग्रह देखिन्छ।&rsquo;</p> <p>चौधरी समूहका अध्यक्ष बिनोद चौधरी कांग्रेसका सांसद् हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्