गृहमन्त्री अधिकारी र स्वास्थ्यमन्त्री तामाङसहित सुरक्षा अधिकारीको बैठक सुरु
काठमाडौं। सिन्धुपाल्चोकमा भएको बाढीपहिरो पीडितलाई उद्धार र राहतका लागि गृहमन्त्री खगराज अधिकारी,स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलगायत सुरक्षा अधिकारीहरुको बैठक सुरु भएको छ। मन्त्री तमाङकाअनुसार बाढीमा परी बेपत्ता भएकाहरुको खोजी,उद्धार र राहातका लागि तत्काल टिम परिचालन गर्न बैठकमा छलफल भइरहेको छ। सिन्धुपाल्चोकका निवर्तमान सांसद तामाङले बाढीपहिरो प्रभावित क्षेत्रमा जाने तयारी गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्