मेचम्ची बाढीपहिरो पीडितलाई हेलिकप्टरबाट उद्दार गरिँदै सिन्धुपाल्चोक। हिजो साँझ हेलम्बुको नाकोटेमा गएको पहिरोपछि मेलम्चीमा आएको बाढीले विस्थापित व्यक्तिहरुलाई हेलिकप्टरबाट उद्दार गर्न थालिएको छ। स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको पहलमा उद्दार थालिएको हो। मेलम्ची क्षेत्रमा परेको विपत्तिमा पीडितहरुलाई गृह मन्त्रालयसँगको समन्वयमा खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत सामग्रीसहित मन्त्री तामाङ मेलम्ची जाँदैछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्