कर्णाली प्रदेश सरकारले सर्वोत्कृष्ठ किसानलाई ‘सुनको हलो’ दिने
सुर्खेत।कर्णाली सरकारले कृषि पेशालाई मर्यादित बनाउन र कृषकलाई सम्मान गर्न भन्दै मुख्यमन्त्री कृषक सम्मानको कार्यक्रम घोषणा गरेको छ। प्रदेशभरमा सर्वोत्कृष्ट एक जना कृषकले सुनको हलो अंकित तक्मा र उत्कृष्ठ २ सय कृषकलाई पुरस्कृत गर्न ४० लाख रकम विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बताए। यस्तै सरकारले फलफूलका बिरुवा, तरकारी लगायतमा अनुदानका दिन १३ करोड रकम छुट्याएको छ।
प्रतिक्रिया दिनुहोस्