नारायणी नदीको बहाब इतिहासकै उच्च बिन्दुमा
चितवन।नारायणी नदीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ। नदीको सतह गएराति १०ः५० बजे १०.४६ मिटर पुगेर पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो। यसअघि १९७४ अगस्ट ५ मा नारायणीको जलस्तर १०.१ मिटर पुगेको थियो। यसैलाई नारायणीको उच्च बिन्दु मानिदै आएकोमा गएराति सो रेकर्ड तोडिएको हो। सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन सुरु गरिएको हो।
प्रतिक्रिया दिनुहोस्