पाकिस्तानी संसदमा भद्दा गाली, सांसदबीच किताब हानाहान एजेन्सी। पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीमा सत्तापक्ष र विपक्षी सांसदबीच झडप भएको छ। विपक्षी नेता शहबाज शरीफले बजेटमाथि जारी बहसमा दोस्रो दिन बोल्ने कोशिस गरेपछि दुई पक्षका सांसदले एक अर्कालाई भद्दा गाली गर्दै बजेटको किताबले प्रहार गरेको देखिएको छ। पाकिस्तानी संसदमा भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। संसदमा हिंसा बढेपछि अतिरिक्त सुरक्षा बल बोलाउनुपरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्