बाढीले दोर्दीको १५ घर बगायो लमजुङ। लमजुङको दोर्दी गाउँपालिकामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको प्रमुख जिल्ला अधिकारी होमप्रसाल लुईटेलले जानकारी दिए। उनका अनुसार बाढीले चार वटा बिजुलीको हाइटेन्सन खम्बा ढलेको छ। जसका कारण विद्युतसेवा अवरूद्ध हुँदा सो क्षेत्र सम्पर्कबिहीन बन्न पुगेको छ। बाढीले आमासमूहको भवन, खेलमैदान पनि बगाएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्