हिमाली जिल्ला मनाङमा बाढीले यस्तो बितण्डा मच्चायो
काठमाडौं।मनाङको चामे गाउँपालिका–४ र नासो गाउँपालिका–३ मा अविरल वर्षापछि हिजो आएको बाढीले जिल्ला हुलाक कार्यालय भवन, ६ वटा घर, घट्टे खोलाको पक्की पुल, ठाडो खोलाको काठको पुल बगाएको छ। २ वटा तातोपानी कुण्ड र नासो गाउँपालिका–३ बस्ने शेरबहादुर गुरुङको घर पनि बगाएको छ। बाढीबाट विस्थापित भएका ३० घरका ३ सय जनालाई प्रहरीले जिल्ला कारागारमा स्थानान्तरण गरेको छ।
प्रतिक्रिया दिनुहोस्