वीरगन्जमा ट्रक भित्र भेटियो ६५ किलो गाँजा
काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरस्थित सडकमा रोकी राखेको प्रदेश–०१–००६ ख १८२८ नम्बरको ट्रकबाट प्रहरीले ६५ किलोग्राम गाँजा बरामद गरेको छ। गाँजा भेटिएपछि प्रहरीले ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–६ नयाँबस्तीका रामकुमार मोक्तानलाई मंगलबार पक्राउ गरेको छ। २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ट्रक तलासी गर्दा लुकाइराखेको अवस्था गाँजा भेटेको थिए।
प्रतिक्रिया दिनुहोस्