नारायणीमा बाढी आएपछि २१० घरधुरीलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं। चितवनको भरतपुर महागरपालिका–३ बारघरे, सोही महानगरपालिका–१६ गुम्बाचौर र झनझनेस्थित अबिरल बर्षाको कारण नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि २१० घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ। वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा बारघरेको ३० घरधुरी, झनझनेको १ सय ५० घरधुरी र गुम्बाचौरको ३० घरधुरीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको हो।
प्रतिक्रिया दिनुहोस्