गैंडाकोटमा १५० घरधुरीलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं। नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका–२ बोटे टोलमा नारायणी नदीमा मंगलबारराति आएको बाढी पस्दा धैरै घरहरु प्रभावित भएका छन्। बाढीबाट प्रभावित करिब १ सय ५० घरधुरीका परिवारलाई इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ।
प्रतिक्रिया दिनुहोस्