पहिरो कारण आज यी सडक छन् अवरुद्ध काठमाडौं। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ फुतवाङस्थित गोरुसिंगे–सन्धिखर्क सडकमा मंगलबारराति पहिरो जाँदा सडक अवरुद्ध भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–१३ भगेरी भन्ने ठाउँमा पहिरो झरी रिडी तम्घास सडक अवरुद्ध भएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–६ देउरालीस्थित हेटौंडा भिमफेदी कुलेखानी सडक–खण्डमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएका स्थानमा सडक खुलाउन स्थानीय प्रहरी लागिपरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्