मोरङमा एक भारतीय नागरिकबाट चार र सात वर्षीया बालिका बलात्कृत मोरङ।सात र चार वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिन छन्।उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। मोहमदले दुई जना बालिकालाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्