विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठ जनाको मृत्यु काठमाडौं।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा विषाक्त घरेलु मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा तीन भारतीय नागरिकसहित आठ जना रहेका छन। उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिए। मृत्यु हुनेमा राम ईश्वर पासवान,दिनकर दास,कैलु दास,जुगेश्वर माझी र बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका दाताराम निसाद, शिवसागर निसाद र सर्वेस राम निसाद छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्