जीप दुर्घटनामा एक जनाको मृत्यु स्याङ्जा। स्याङ्जाको भीरकोट नगरपालिका–४ दभुङठाँटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग१ज ४९४० नंको जीप दुर्घटना हुँदा जीपमा सवार भीरकोट–३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको मृत्यु भएको हो। ग्रामीण कच्ची बाटोबाट जीप झण्डै पाँच मिटर तल खस्दा जीपमा सवार अन्य ६ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्