काठमाडौं। नेपाल रत्न तथा आभूषण संघको आयोजनामा तेस्रो जेम्स एण्ड ज्वेलरी एक्स्पो आजबाट शुरू भएको छ। काठमाडौंको सोल्टी होटलमा शुरू भएको एक्स्पोको औपचारिक उद्घाटन भने २५ पुसमा नै भएको हो।
नेपालका परम्परागत गरगहनालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित मेलाको आयोजना गरिएको रत्न तथा आभूषण संघ अध्यक्ष ज्योत्सना श्रेष्ठले बताइन्।
संघका प्रथम उपाध्यक्ष सुमनमान ताम्राकारले नेपालमा अन्तर्राष्ट्रिय स्तरको गरगहना उत्पादन हुँदै आएको बताए। उनले नेपालमा गुणस्तरीय र उच्चस्तरीय गरगहना उत्पादन भए पनि प्रचारप्रसार अभावमा त्यसले अन्तर्राष्ट्रिय बजार नपाएको बताए।
कूल २४ वटा स्टल रहेको एक्स्पोमा २० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। एक्स्पोमा एउटै छानामुनि विभिन्न उत्पादनहरू हेर्न र किन्न पाइनेछ।
" /> काठमाडौं। नेपाल रत्न तथा आभूषण संघको आयोजनामा तेस्रो जेम्स एण्ड ज्वेलरी एक्स्पो आजबाट शुरू भएको छ। काठमाडौंको सोल्टी होटलमा शुरू भएको एक्स्पोको औपचारिक उद्घाटन भने २५ पुसमा नै भएको हो।नेपालका परम्परागत गरगहनालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित मेलाको आयोजना गरिएको रत्न तथा आभूषण संघ अध्यक्ष ज्योत्सना श्रेष्ठले बताइन्।

">