चितवनमा छैटौं पटक एक साताका लागि निषेधाज्ञा थप चितवन।कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ।जिल्ला कोभिड व्यवस्थामा केन्द्र(डीसीएमसी)को बैठकले आज रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो।जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो।निषेधाज्ञाको अवधिमा डिपार्टमेन्ट स्टोर्स खुल्न पाउनेछन्,पुस्तक पसल स्वास्थ्य मापदण्डको पालना गर्दै खोल्न पाइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्