युएईलाई अमेरिकाको दबाब, चीनले भन्यो–हाम्रोबीचमा कोही नआउनू
एजेन्सी। अमेरिकाले संयुक्त अरब इमिरेड्स(युएई) लाई चीनको हुवावेको फाइभ–जी प्रविधि हटाउन दबाब दिएको खुलासा भएको छ। चाइना अरब टिभीले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानसँग ‘अमेरिकाले युएईलाई आफ्नो नेटवर्कबाट हुवावेका उपकरण नहटाएमा एफ–३५ लडाकू विमान नदिने बताएको छ’, तपाईको टिप्पणी के छ भनेर सोधेका थिए। जवाफमा उनले चीन–युएईबीचको सम्बन्धमा दुवैको हित जोडिएको भन्दे तेस्रो पक्षलाई बिचमा नआउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्