विदेशी पर्यटक लुट्दै काठमाडौंका नामी अस्पताल

काठमाडौं। काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरण आर्थिक शोषण गरिरहेका छन्।

पर्यटकको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययनसमेत गरेको छ। तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन।

काठमाडौंका छ ठूला अस्पतालको सेवा अनुगमन गर्न २५ भदौ २०७६ मा समिति गठन गरिएको थियो।

मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारा पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव सानुबाबु अधिकारी, कानुन उपसचिव पुष्करराज नेपाल, वीर अस्पतालका चिकित्सक सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्री र औषधि व्यवस्था विभागका प्रतिनिधि थिए।

निजी अस्पतालको लुटलाई आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ।

बल्खुस्थित बयोधा अस्पतालले सन् २०१५ देखि २०१८ सम्म ७०० पर्यटकको उपचार गरेको छ।

जहाँ एकै बिरामी एकै समयमा एसआइसियू, आइसियू, डिलकस रुम र स्विट रुपममा भर्ना भएको बिल र १७ दिनमा १०९ पटक विशेषज्ञ चिकित्सकको ‘राउन्ड’ फेला परेको छ।

टोखाको ग्रान्डी अस्पतालले नाफारहित रक्तसञ्चारमा पर्यटकलकालाई दुई हजार ४५३ रूपैयाँ उठाएको छ।

रिफर भएर आएका बिरामीलाई पहिलो अस्पतालले गरेको जाँच पुनः गर्न लगाएको प्रतिवेदनले औंल्याएको छ।

थापाथलीको नर्भिक अस्पतालले ‘कोअर्डिनेसन चार्ज’, ‘हस्पिटल सरचार्ज’ नीता बिरामीबाट उठाउनुपर्नेभन्दा अन्यथा शीर्षक राखेर पर्यटकबाट रकम असुल गरेको छ।

अध्ययन प्रतिवेदनले भनेको छ, ‘बिरामीबाट साढे ६ लाखसम्म उठाइएको शीर्षकको मूल्यसूची माग्दा अध्ययन टोलीलाई समेत अस्पतालले उपलब्ध गराउन सकेन।’

पर्यटकको उद्दार गर्ने नाममा ठगी गरेकोमा यसअघि नै बदनाम बत्तीसपुतलीस्थित स्वाकोन अस्पतालले कार्यालयमा राखेको र बिरामीलाई दिउको बिल फरक–फरक छ।

अस्पतालले कन्सल्ट्यान्ट चिकित्सकबापत छ हजार ९०० रूपैया र ड्युटीमा रहेका चिकित्सकबाट चार हजार ४१६ रूपैयाँ चार्ज गरेको अभिलेख छ।

‘तर, बिरामीलाई आठ हजार ६०९ रूपैयाँ चार्ज गरिएको छ, यो सरकारले ताकेभन्दा १० गुणा बढी हो’, प्रतिवेदनमा उल्लेख छ।

इरा हेल्थ सेन्टरले १२० रूपैयाँ पर्ने औषधिलाई तीन हजार ३०० रूपैयाँमा बिक्री गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्