कांग्रेस असन्तुष्टद्वारा महाधिवेशनमै लाग्ने निष्कर्ष
काठमाडौं। नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले पार्टीको १४ औं महाधिवेशनलाई सुनिश्चित गराउन लागि पर्ने निष्कर्ष निकालेका छन्।
महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा २६ पुसमा बसेको नेताहरूको बैठकले सम्पूर्ण ध्यान १४औं महाधिवेशनमा केन्द्रित गर्ने निष्कर्ष निकालेका हुन्।
आजको नागरिक दैनिकका अनुसार एकपक्षीय ढंगबाट घोषणा गरिएको कार्यतालिका सच्याँउदै त्यसलाई व्यावहारिक बनाउन संस्थापन पक्षमाथि दबाब बढाउने निष्कर्ष निकालेको छ।
“महाधिवेशनको विकल्प छैन। त्यसको सुनिश्चितताको लागि सम्पूर्ण ध्यान केन्द्रित गर्ने छौं”, केन्द्रीय सदस्य हृदयराम थानीले भने, “अव्यावहारिक कार्यतालिका संशोधनको लागि जोड दिनेछौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्