नाम र राजधानी तोक्न प्रदेश ३ सभामा आज मतदान
काठमाडौं। प्रदेश ३ को स्थायी राजधानी तथा नामको टुंगो लगाउन आज मतदान हुँदैछ।

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले आज बिहान ९ बजेदेखि बस्ने बैठकबाट प्रदेशको स्थायी राजधानी र नामकरणको निर्णय मतदान प्रक्रियाबाट गरिने जानकारी दिए।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा राख्ने सम्बन्धमा प्रस्तुत प्रस्तावमाथि प्रदेशसभाका सदस्यले उठाएको जिज्ञासाको जवाफ दिने कार्यसूची छ।

उक्त प्रस्तावका प्रस्तावक मुख्यमन्त्री पौडेल र समर्थक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ छन्।

प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा राख्न सहमत भएपछि मतदानको कार्यसूची तय गरिएको हो।

प्रदेशसभामा कूल ११० सदस्यमध्ये नेकपाका ८०, नेपाली काँग्रेसका २२, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर पार्टीका दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एक जना स्वतन्त्र सांसद छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्