चीनले पठायो ‘स्पेस स्टेशन’ बनाउन अन्तरिक्षामा तीन अन्तरिक्षयात्री
बीबीसी। चीनले अन्तरिक्षमा नयाँ ‘स्पेस स्टेशन’ बनाउन आज तीन जना अन्तरिक्षयात्री अन्तरिक्षमा पठाएको छ। चीनले पठाएका तीन अन्तरिक्षयात्रीमा नी हैशेङ्ग, लियू बोमिङ्ग र टैङ्ग होङ्बो रहेका छन्। उनीहरुले पृथ्वीभन्दा लगभग ३ सय ८० किलोमिटर माथि अन्तरिक्षमा बनाइएको तियानहे मोड्युलमा तीन महिना बिताउनेछन्। सो अवधिमा उनीहरुले नयाँ स्पेस स्टेशन निर्माण गर्नेछन्। यो चीनको अहिलेसम्मको मानवयुक्त सबैभन्दा लामो अन्तरिक्ष मिसन हो।
प्रतिक्रिया दिनुहोस्